प्रतिनिधिसभा विघटन, मध्यावधि चुनाव घोषणा

काठमाडौँ, ७ जेठ । कपूतन्त्रे राजनीतिक खिचातानीकाे उत्कर्षमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएकाे छ । प्रतिनिधिसभा सदस्यका लागि चुनाव कात्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा हुनेछ ।
त्यसअघि मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ७६(७) अनुसार प्रतिनिधिसभा भंग गरी मध्यावधि घोषणा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
राष्ट्रपति कार्यालयले विज्ञप्ति मार्फत संविधानको धारा ७६(७) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधि सभाको विघटन र चुुनावको घोषणा गरेको जनाएको छ ।
संविधानको धारा ७६(७) मा ‘उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नेछ ।’

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.