उत्तर कसरि

इन्दिरा बस्नेत

न होला भौतिक,
तर मानसिकतामा दास पराईको नबनाउ यसरि ।
धर्मवान वैज्ञानिक,
ऋषि विर सपुतका उत्तराधिकारी भनि चिनिने कसरि ?
ऋणले कति नै,
न चलाउ अब देशलाई बनिबनाएर माग्ने यसरि ।
उर्जा सिप ज्ञान छँदै,
भनिएर भोकमंगा निर्लज्ज भई जिउनु कसरि ?
चस्मा काहाँको हो खै,
भत्काएको कि बनाएको भ्रममा नपार यसरि ।
शान्त सहृदयी भै,
नियाल एकचोटि पुर्खाले गरे के पूर्वियले कसरि ?
संकटै संकट थियो नै,
मंदामंदि सँगै महाव्याधिले बन्दाबन्दि भयो यसरि ।
बुद्धि विवेक छ है,
औषधि काढा झैँ बनाएर समाधान पिउने कसरि ॥

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.