धार्मिक स्थलका संरचना स्वास्थ्य प्रयोजनका लागि सदुपयोग गर्न महासंघको आह्वान

कोरोना महाव्याधिले सर्वसाधारण आक्रान्त भएको बेला देशभरिका आश्रम, मठ, मन्दिर, गुम्बा, चैत्य, विहार लगायतका धार्मिक सांस्कृतिक स्थलमा उपलब्ध भौतिक संरचनालाई सम्भव भएसम्म स्वास्थ्य प्रयोजनका लागि सदुपयोग गर्न / गराउन सनातन धर्म महासङ्घका अध्यक्ष डा.  निर्मलमणि अधिकारीले आह्वान गर्नुभएको छ । प्रवक्ता राजन अधिकारीद्वारा जारी गरिएको प्रेस विज्ञप्ति मार्फत उक्त आह्वान गरिएको हो । 

साथै, धार्मिक संस्थाहरू तथा सन्त, महात्मा, योगी, भिक्षु, पुजारी सहितका धर्मगुरुहरूलाई कोरोना भाइरस महाव्याधि तथा निषेधाज्ञाका कारणले कस्तो असर परेको छ भन्ने सोधखोज गरी उहाँहरूलाई आवश्यक मद्दतका गर्नका लागि सङ्घीय, प्रादेशिक एवं स्थानीय सरकारहरूसँग महासङ्घका अध्यक्ष डा. अधिकारीले माग गर्नु भएको छ ।

धार्मिक स्थलमा आश्रित व्यक्तिहरू तथा गुरुकुलका विद्यार्थीहरू, शिक्षक शिक्षिकाहरू, कर्मचारी तथा अन्य सहयोगीहरूलाई निषेधाज्ञा वा बन्दको समयमा पनि नियमित दान दिइरहन अध्यक्ष डा. अधिकारीले सर्वसाधारणलाई अनुरोध गर्नुभएको छ ।

प्रेस विज्ञप्तिको पूर्णपाठ 

धार्मिक संस्थाहरू तथा सन्त, महात्मा, योगी, भिक्षु, पुजारी सहितका धर्मगुरुहरूलाई कोरोना भाइरस महाव्याधि तथा निषेधाज्ञाका कारणले कस्तो असर परेको छ भन्ने सोधखोज गरी उहाँहरूलाई आवश्यक मद्दतका गर्नका लागि सङ्घीय, प्रादेशिक एवं स्थानीय सरकारहरूसँग सनातन धर्म महासङ्घका अध्यक्ष डा. निर्मलमणि अधिकारीले माग गर्नु भएको छ । धार्मिक स्थलमा आश्रित व्यक्तिहरू तथा गुरुकुलका विद्यार्थीहरू, शिक्षक शिक्षिकाहरू, कर्मचारी तथा अन्य सहयोगीहरूलाई निषेधाज्ञा वा बन्दको समयमा पनि नियमित दान दिइरहन अध्यक्ष डा. अधिकारीले सर्वसाधारणलाई अनुरोध गर्नुभएको छ ।
साथै, सनातन धर्म महासङ्घका अध्यक्ष डा. अधिकारीले कोरोना भाइरस महाव्याधिका कारणले बढ्दै गएको सङ्कटको अवस्थामा विपन्न वर्ग, असहाय तथा पीडित व्यक्तिहरूलाई आफ्नो–आफ्नो गच्छे अनुसार दान, सहयोग एवं मद्दतको लागि अग्रसर हुन धार्मिक समुदायलाई आह्वान गर्नुभएको छ । अध्यक्ष डा. अधिकारीले नेपालका कैयौँ आश्रम, मठ, मन्दिर, गुरुकुल लगायतले विपन्न वर्ग तथा असहाय व्यक्तिहरूका लागि खाना, आयुर्वेदिक औषधी लगायतका सामग्रीहरू वितरण गरिरहेकोमा उक्त प्रशंसनीय कार्यको प्रशंसा गर्नुभएको छ । देशभरिका आश्रम, मठ, मन्दिर, गुम्बा, चैत्य, विहार लगायतका धार्मिक सांस्कृतिक स्थलमा उपलब्ध भौतिक संरचनालाई सम्भव भएसम्म स्वास्थ्य प्रयोजनका लागि सदुपयोग गर्न/गराउन पनि अध्यक्ष डा. अधिकारीले आह्वान गर्नुभएको छ ।

राजन अधिकारी
प्रवक्ता

 

 

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.