घृणा फैलाउनेलाई सहृदयता दर्शनले रोकौं

अर्बिन धिताल

नेपाल आज जुन स्थितिमा छ । जुन गन्तव्यहीन ठाउँमा छ, त्यसको समाधान वास्तवमै के होला ? प्रश्न सायद थुप्रै युवाहरुको मनमा होला । उत्तरको पर्खाइमा प्रश्नै प्रश्नले घेरिएर धेरै निराश पनि भएका होलान् । कुनै उचित समाधानको पर्खाइमा निरन्तर बिग्रदो परिस्थिति भोग्न बाध्य होलान् ।

समग्रमा हेर्दा हामी सधैं यो अवस्थामा रहिआएका भने होइनौं । हाम्रो हालको स्थितिको उचित मुल्यांकन गर्न नेपाली मौलिक दृष्टिकोणबाट नेपालको चर्चा गर्नु नितान्त आवश्यक छ। जसरी चीनलाई हेर्न चीनकै दृष्टिकोण उपयुक्त हुन्छ भने जर्मनीलाई बुझ्न उसकै अनुरुपको बुझाई हुनु आवश्यक रहन्छ। तर अहिलेको परिस्थिति नेपाल अनुकुल रहेको छैन । हामीलाई हाम्रै परिवेश, हाम्रो मौलिक सभ्यता र संस्कृती, हाम्रो जिवनयापन, हाम्रो नितिनियम र समग्र यहाका अनेकन पक्षहरुलाइ पश्चिमी दृष्टिकोणबाट हेर्न सिकाइएको हाम्रो निकम्मा शिक्षा प्रणाली र विधर्मीहरुद्वारा निरन्तर पक्षपोषित सरकार र गतिविधिले हामीलाई हामीबाट निक्कै टाढा बनाएको छ।

पराई वस्तुप्रतिको अथाह मोह, पराई दृष्टिकोणबाट देशको चिन्तनले आफ्नो परिवेश, आफ्नोपनमा रमाउन हामीलाई लाज लाग्ने अवस्था आएको छ । राजा पृथ्वीनारायण शाहलाई देश निर्माणको जस दिन मुख बन्द गर्ने र उनको अति विशेष योगदानको विपरित व्याख्या गरी वैचारिक जाल फिंजाउन लालायित देशका गद्दारहरु यत्रतत्र छरिएका छन् । नेपाललाई जरैदेखि तहसनहस गर्न सर्वप्रथम यहाँको जगनै उखेल्न खोजिदै छ । देशको भाषामा प्रहार भएको छ जहाँ सरकारी वक्तव्यमै व्याकरण अशुद्ध लेखिन्छ ।

सरकारकै मात्र के कुरा, पढेलेखेका विद्यार्थीमा आफ्नो मातृभाषा शुद्ध लेख्ने क्षमता छैन । देशको रैथाने शिप अनि ज्ञानका विषयमा काम गर्नुपर्ने व्यक्ति र संस्थानै त्यसका विरुद्ध लागिरहेका छन् । नागरिक अभियन्ताका नामका विदेशी एजेन्ट्का एजेन्डा बोकेर कृप्टो देशभक्ती देखाइएका छन् । धर्मको विषयमा एउटा आवाज निकाल्न नसक्ने हुतिहाराहरुले पराया चाडपर्वमा शुभकामनाका ठेलि दिनु यहाँ नौलो रहेन । ज्ञानपरम्परामा आधारित हाम्रो जीवनशैली अनि खानपान र मनोवैज्ञानिक रुपमा समेत सकारात्मक प्रभाव पार्ने हाम्रो चाडपर्वको जरैदेखि अपव्याख्या र विरोध गरिनै रहेका छन् ।

संसारका ४६/४७ वटा सभ्यता मध्ये लगभग सबै लुप्त भइसकेता पनि हाम्रो सनातनी सभ्यता आजसम्म हामीमाझ जीवित हुनु हामीसंग रहेको जीवनदायिनी शक्ति नै हो । विधर्मीहरुले आंगनमै प्रहार गर्न आइसकेको अवस्थामा पनि हाम्रा दर्शनहरुको चर्चा आज अक्स्फोर्ड, हावर्ड, र क्याम्ब्रिजमा बढ्नुले यसको महत्व दर्शाएको छ । नेपाली युवा पुस्ताले वास्ता नगरेको योग, ध्यान, आयुर्वेद जस्ता यहाँका मौलिक पद्धति आज विश्वका अधिंकास मुलुकका मानिसको जीवन परिवर्तन गर्ने साधन बन्दै छ । तिर्खा लागेका व्यक्तिले केवल पानी माग्छ भने जस्तै भौतिक सम्पन्नताले सन्तुष्टि नपाएकाहरु हाम्रै सनातनी सम्पदानै अपनाउन थापेका छन् । विश्व ब्रम्हाण्डको लागि शान्तिको कामना गर्ने हामी र हाम्रो संस्कारमाथी धावा बोल्ने विरुद्ध केवल शान्तिको प्रचार मात्रै उपयुक्त होइन । यो हामीले बुझ्नु आवश्यक छ ।

जनगणना आउँदै छ । व्यापक चलखेलको तयारी भइरहेको छ । हिन्दूको संख्या कम देखाउन मष्ट संस्कृतिलाई छुट्टै महलमा लेखाउने, बौद्ध टुक्राएर मैत्रीय धर्म र किरात टुक्राएर युमा साम्यो बनाउने खेल समयमै बुझेनौं भने हामी हाम्रै स्थानमा अल्पमतमा पर्छौं । पराया आक्रमणकारी विधर्मीको दलालहरू आर्य भनेको नाक चुच्चो भएको, आँखा विस्फारित भएको मानिस भनेर आर्यको नश्लीय परिभाषा दिइरहेका छन् । आर्य भनेको ३५ सय बर्ष अगाडी ककेसियाबाट आएका हुन् भनेर जप्नु तिनीहरूको नित्यकर्म बनेको छ । युगद्रष्टा गुरु डा. निर्मलमणि अधिकारीले नेपालमा यस किसिमको घृणावादी कित्ताकाट हुँदैछ भनेरनै सहृदयता दर्शन निर्माण गरेर विश्वलाई जोड्ने सुत्र दिइसक्नुभएको छ ।

नेपालमा भाषाको नाममा, जातिको नाममा, सम्प्रदायको नाममा फुट ल्याउने, घृणा र विभाजन फैलाएर द्वन्द्व मच्चाउने सम्भावना हामी युवाहरूले समयमै चिनेर स्वक्रियात्मक तरिकाले अघि बढेनौं भने पछि पछुताउनुको विकल्प रहँदैन । समयमै चेतौं ।

 

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.