आजदेखि उपत्यकामा निषेधाज्ञा

आजदेखि उपत्यकाका तीनै जिल्लाहरुमा निषेधाज्ञा लागू गरिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको वैशाख १३ गतेको निर्णयानुसार आज बिहान ६ बजेदेखि नै उक्त आदेश लागू गरिएको हो । तीनै जिल्लाहरूमा अत्यावश्यक कामबाहेकका गतिविधि सञ्चालनमा रोक लगाइएको छ ।

निषेधाज्ञा अवधी भरी सभा, सम्मेलन, गोष्ठी, तालीम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना लगाएतका कार्यहरू बन्द गरिएको छ ।

विवाह, व्रतबन्धमा बढीमा १५ जनासम्म स्वास्थ्य मापदण्ड पालना गरेर सहभागी हुन पाइने र दुई वटा मात्रै गाडी प्रयोग गर्नुपर्ने छ । मृत्यु संस्कार वा बिरामी कुरुवाका रूपमा यात्रा गर्दा विवरण खुल्ने कागजात सहित स्थानिय प्रशासन कार्यालयबाट पास लिनुपर्ने व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.