बढ्यो संक्रमण – १६ गतेदेखि निषेधाज्ञा

काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । कोभिड १९ सङ्क्रमण दर तीव्र गतिमा फैलिरहेको हुँदा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।

१६ गतेदेखि लागू हुने निषेधाज्ञामा सार्वजनिक तथा निजी सवारीसाधन ठप्प हुनेछ । मानिसको बाक्लो उपस्थिति हुने स्थानमा पनि निषेधाज्ञा लागु हुनेछ।

कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रले ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित भएको खण्डमा निषेधाज्ञा लगाउन सक्ने अधिकार दिइसकेको अवस्थामा काठमाडौं जिल्लामा मात्र आइतबार एक हजार भन्दा बढी सङ्क्रमित थपिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.