एलजीले बन्द गर्ने मोबाईल उत्पादन

विधुतीय सामाग्री उत्पादक एलजीले सोमबारदेखि स्मार्टफोन व्यवसायलाई पूर्णरुपमा बन्द गर्ने भएको छ । विगत छ बर्षदेखि झन्डै पाँच अर्ब घाटा बेहोरेको एलजीले स्मार्टफोन बनाउन बन्द गर्ने निर्णयमा पुगेको हो ।

दक्षिण कोरियामा स्थापित भएको एलजी सन् २०१३ मा विश्वको धेरै स्मार्टफोन बनाउने कम्पनीहरुको गन्तीमा तेस्रो स्थानमा आउने गर्दथ्यो । तर गुणस्तर र मूल्यमा अत्याधिक प्रतिस्पर्धा बढेपछि एलजीले एकपछि अर्को असफलता भोग्दै गएको थियो ।

कुनै समय फोल्ड गर्न मिल्ने फोन निर्माण गरेर ख्याति कमाएको एलजीले अहिले आफ्नै सफ्टवेयर र हार्डवेयरको उत्पादनहरु श्रेणी श्रेणीमा विभाजन गरेर विक्री गर्ने तयारी गरिरहेको छ । घाटा लाग्ने मोबाईल फोनको व्यवसायमा स्रोत साधनको लगानी गर्नुभन्दा घरेलु सामग्रीहरु, कृतिम बौद्धिकता प्रयोग हुने उत्पादनहरु जस्ता क्षेत्रमा केन्द्रीत हुने एलजीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.