“तरङ्ग” साहित्यिक अभियानको २५ वर्ष

सीतालक्ष्मी प्रजापति

सुनी पुकार मेरा
सँगै हिँड्न कोही
होला नहोला तयारी,
तर पनि हिम्मत नहारी,
मेरो यात्रा राख्नेछु जारी ।
– आयोद धौम्य “निर्मल’

जरो किलो महाअभियानको वैचारिक प्रखरतालाई सबैले स्वीकारेको छ । मौलिकताका पक्षपातीहरूले त यसलाई स्वागत गरिसकेको
अवस्था छ । यसको विपक्षमा रहेका पराइ प्रतिमान अनुशरणकर्ताहरूले पनि यसको चर्चा परिचर्चा गर्ने तथा यसबाट प्रभावित भएर आफ्ना वाणीमा प्रयोग गर्न थालेका छन् । महाअभियानको आवधारणाहरूलाई उनीहरूले पनि आफ्ना दस्तावेजहरूमा
समेट्न थालेको स्थिति छ । जरो किलो महाअभियान २०७२ सालको घटस्थापनामा युगद्रष्टा डा. निर्मलमणि अधिकारीले
आफ्नी धर्मपत्नीसहित सङ्कल्प लिएर सोही सालको वसन्त पञ्चमीको दिनमा विधिवत् स्थापना भएको घोषणा गर्नुभएको
थियो तर यस महाअभियानको वीजारोपण भने संस्थागत रूपमै पच्चीस वर्षअघि नै भइसकेको थियो ।
संस्थागत स्वरूपमा महाअभियानका चेतना अभिलिखित हुनुअघि नै आयोद धौम्यमा युगको आवाज बोध भइसकेको थियो ।
संस्कारी परिवारमा जन्मनु भएका आयोद धौम्य “निर्मल’ले आफ्ना पिताजी पण्डित रुद्रमणि अधिकारीबाट जीवन र
जगतको बारेमा गहन ज्ञान र मार्ग निर्देशन बाल्यकालबाटै पाउनुभयो । उहाँले वैदिक वाङ्मयका अधिकांश ग्रन्थहरू घरमै
अध्ययन गर्ने मौका पाउनुभयो । दाजुहरू राजनीतिमा पनि सक्रिय हुनुभएको कारण चलनचल्तीमा रहेका राजनीतिका विषयमा
पनि उहाँसँग तुलनात्मक ज्ञान भयो । जसले गर्दा वर्तमान युगको आवश्यकता बोध गर्न उहाँलाई सहज भयो । पण्डित रु
द्रमणि अधिकारीले उहाँलाई बताउनुहुन्थ्यो ः
दिन—रात र साँझ—बिहान बत्यो
भनिकन के भन्छस् तँइले
चुहुने घटको पानी चुहेझैँ
आयु चुहेको बुझिले ।।
यस प्रकारको शिक्षाले गर्दा आयोद धौम्यमा आएको चेतनाले मानव जीवनको सार्थकता बोध भयो । जीवनलाई सार्थक
बनाउने समयको महत्त्व बोध भयो । सानै उमेरबाट उहाँ समाजको हितार्थ चिन्तनमा मग्न हुनुभयो । त्यसैको फलस्वरूप
जीवनको दुई दशक पार नगर्दै उहाँले साहित्यमार्फत आफ्नो लेखनी तिखार्दै युगको आवज बोल्न थाल्नुभयो । जरो
किलो महाअभियानका अभियन्ता साथीहरू जो आज लाखौँको सब्ख्यामा हुनुहुन्छ, उहाँहरूले मनले चिताएको अभियानको
वीजारोपण २५ वर्षभन्दा अघिदेखि भएको थियो ।
युगद्रष्टा डा. निर्मलमणि अधिकारीको पहलमा २०५२ सालमा “तरङ्ग’ साहित्यिक अभियानको स्थापना भएको थियो ।
त्यसपछि “तरङ्ग’ नामक साहित्यिक पत्रिका साही वर्षको पुस महिनाबाट प्रकाशन प्रारम्भ भयो । “तरङ्ग’को पहिलो अङ्क
हवाइपत्रका रूपमा छापिएको थियो । पहिलो अङ्ककाे सम्पादकको रूपमा आयोद धौम्य हुनुहुन्थ्यो जुन युगद्रष्टा डा.
निर्मलमणि अधिकारीको साहित्यिक नाम हो । त्यसबेला “तरङ्ग’मा प्रकाशित सम्पादकीयबाट प्रभावित भएर अन्य
पत्रपत्रिकाहरूले पनि साभार गरी प्रकाशन गरेका थिए । पहिलो अङ्कको सम्पादकीय यस प्रकार थियो ः

मानव इतिहासको प्रारम्भिक कालमा हाम्रो साहित्य, कला, दर्शन र पौरख सभ्यताको उत्कर्षमा थियो । जतिखेर आज सभ्य र
विकसित घोषित पश्चिमाहरू पाषाण युगबाट उँभो लाग्ने छेकछन्दै थिएन । अनेक ऋषि—महर्षिले यसै तपोभूमिमा अनेकौँ
कालजयी अमर ग्रन्थहरूको रचना गरे । यही तनहुँ जिल्ला वेदव्यास र पछि भानुभक्तको थलो पनि हो । तरपनि तनहुँ
जिल्लामा साहित्यिक गतिविधि कमै हुन्छन् । यही रिक्तताले चिमोटेर हामीले यसको (“तरङ्ग’ साहित्यिक हवाइपत्रिकाको)
आरम्भ गरेका हौँ । यो खुल्ला स्थान हो, जहाँ जो–कोही जहाँ–कहीँबाट सामेल हुन सक्छ ।
साहित्य किन र केका निमित्त ? भन्दा प्रत्येकको निजात्मक विशिष्टतायुक्त धारणा हुनसक्छ । हाम्रो उद्देश्य साहित्यिक
“तरङ्ग’मा तरङ्गीत हुन उत्प्रेरणा जगाउने त हो नै, हाम्रो प्रतिबद्धता नेपाली साहित्यको समुन्नतितर्फ परिलक्षित छ ।

जुनकिरीको पिलपिलले समग्रमा उज्यालो दिन नसके पनि उज्यालोको आभाष दिन्छ नि !
तपाईँहरूकै
आयोद धौम्य (सम्पादक)

जरो किलो महाअभियान भनेर हामीले जुन अवधारणालाई वर्तमानमा आत्मसात गरिरहेका छौँ त्यसको चेतना २५ वर्षअघि
भर्खरका युवा आयोद धौम्यले वीजारोपण गर्नुभएको उल्लेखित सम्पादकीयबाट पनि ज्ञात हुन्छ । नेपालको मूल अथवा
जरोमा रहेको ऐतिहासिक महत्ता बोध गरी यसको पुनर्जागरणको चेतनाले सम्पादकलाई आफ्नो तत्कालीन क्षमताले
भ्याएको साहित्यिक हवाइपत्रका रूपमा “तरङ्ग’ पत्रिका प्रकाशित गर्न प्रेरणा मिलेको सहजै उजागर हुन्छ । जरो किलो
महाअभियान अस्ति भर्खर कल्पना गरी अस्तित्वमान भएको सामान्य नारा मात्रै होइन । यो आयोद धौम्यको चिन्तन धाराको
अविच्छिन्न प्रवाह हो । यो डा. निर्मलमणि अधिकारीको अविरल शोधपछि उद्घाटित रहस्य हो । यो युगद्रष्टाको साधनाबाट
साक्षात्कार भएको युगको चेतना हो ।
दुई अङ्क हवाइपत्रका रूपमा प्रकाशित “तरङ्ग’ पत्रिका साहित्यिक पर्चाको रूपमा प्रकाशित भयो । “तरङ्ग’पत्रिकाको छोटो
समयमा नै यति लोकप्रीय भयो कि २०५३ साल वैशाख—जेठबाट तनहुँ र पोखराबाट एकसाथ प्रकाशित हुन थाल्यो । “तरङ्ग’
साहित्यिक पत्रिकाको माध्यममा आयोद धौम्यको कविवर भानुभक्त पोखरेलसँग परिचय भयो । कविवर पोखरेलसँग विमर्श
भएपछि नेपाली भाषा—संस्कृति परिषद्को स्थापना भयो ।
नेपाली भाषा—संस्कृति परिषद्को स्थापना भएपछि २०५५ सालबाट “तरङ्ग’ पत्रिकाको प्रकाशनको जिम्मेवारी नेपाली
भाषा—संस्कृति, तनहुँ जिल्ला शाखालाई दिइएको थियो । यस अङ्कबाट पत्रिकाको सम्पादकको जिम्मेवारी शङ्करराज
नहर्कीले सम्हानु भएको थियो । पत्रिकाको संस्थापक सम्पादकले नौवटा अङ्क प्रकाशित गर्नुभएपछि सम्पादकको जिम्मेवारी
पाउनुभएका नहर्कीको सम्पादनमा “तरङ्ग’का छवटा अङ्क प्रकाशित भए । २०५७ सालको जनैपूर्णिमाबाट सम्पादकको
जिम्मेवारीमा प्रतापसिंह अधिकारी आउनुभयो । छ वर्ष पूरा गरी सातौँ वर्षमा प्रवेश गर्दा २०५८ साल पुसमा पत्रिकाको
पच्चीसौँ अङ्क प्रकाशित भयो । “तरङ्ग’ पत्रिकाको २६औँ अङ्क “तरङ्ग’ साहित्यिक स्मारिकाको रूपमा प्रकाशित भयो ।
“तरङ्ग’ साहित्यिक अभियानबाट जरो किलो महाअभियान तत्कालै उत्पन्न भएको होइन । यसको विभिन्न चरणमा विकास
भएर दर्शन, सिद्धान्त र प्रतिमानको रूपमा स्थापित भएको हो । २०५२ सालमा “तरङ्ग’को प्रकाशनपछि त्यसले एक प्रकारको तर
ङ्ग फैलायो । त्यसको गुञ्जन कविवर भानुभक्त पोखरेलसम्म पुग्यो । मदन पुरस्कार विजेता भानुभक्त पोखरेलको
मार्गदर्शनमा “तरङ्ग’ साहित्यिक अभियान नेपाल भाषा—संस्कृति परिषद्को रूपमा अङ्कुरित भयो । कविवर भानुभक्त पोखरेले युवा साहित्यिक अभियन्ता आयोद धौम्य निर्मलको पहल कदमीमा वीजारोपण भएको “तरङ्ग’ले समाज र सभ्यतामा योगदान गर्न सक्ने चिन्तन अभिव्यक्त भएपछि आयोद धौम्य र कविवर पोखरेलको सघन विचार विमर्श भयो । फलतः २०५४ सालमा
नेपाली भाषा—संस्कृति परिषद्को अभ्युदय भयो ।
नेपाली भाषा संस्कृति परिषद्को स्थापना भएर विभिन्न क्रियाकलाप हुँदै गएपछि युग निर्माण अभियानको
आवश्यकता अनुभूत गरी स्थापना गरियो । “तरङ्ग’ र नेपाली भाषा साहित्य परिषद्भन्दा पृथक यस संस्थाले राजनीतिक क्षेत्रमा
पनि सुधारको आवश्कता रहेको ठहर गर्दै मौलिक ग्रन्थमा वर्णन भएको सत्ययुगलाई अद्यावधिक गरी वैज्ञानिक सत्ययुगको
अवधारणा, आधारशिला र मार्गचित्र डा. निर्मलमणि अधिकारीले प्रस्तुत गर्नुभयो । युगको आवश्यकता बोध गरी युगलाई
आवश्यक अवधारणा, आधारशिला र मार्गचित्र अभिनिर्माण गर्नुभएकोमा २०५८ सालमा युग निर्माण अभियानको प्रथम
राष्ट्रिय सम्मेलनले अधिकारीलाई युगद्रष्टाको रूपमा सम्मानित गर्यो । सम्मेलनमा नवनिर्वाचित अध्यक्ष कविवर भानुभक्त
पोखरेलले सम्मेलनको समापनको कार्यक्रममा अभिभाषण गर्नुहुँदै निर्मलमणि अधिकारीलाई युगद्रष्टाको रूपमा
सम्मानित गर्ने प्रस्ताव गर्नुभएकोमा सर्वसम्मत रूपमा पारित भएको थियो ।

“तरङ्ग’ साहित्यिक अभियानबाट संस्थागत भएको पुनर्जागरणको चेतनामा कविवर भानुभक्त पोखरेलको
मार्गदर्शनमा विकास भएको नेपाली भाषा संस्कृति परिषद् र युग निर्माण अभियानको स्थापना हुँदै गर्दा नेपालको मौलिकता
उजागर गर्ने र यसको मूलप्रवाहीकरण हेतु विभिन्न पुस्तकहरू प्रकाशित भए । “तरङ्ग’ साहित्यिक अभियानले युगद्रष्टाका
“जीवन अन्तरदृष्टि’, र
“आठ खण्डकाव्य आयोद धौम्यका’ प्रकाशन गरेको छ । “तरङ्ग’ साहित्यिक अभियानबाट विकशित भएपछि युगद्रष्टाका
“चुच्चे नेप्टेको सवाल र दशैँ बहिस्कार’, “छीनीब पीहीनो मगरको’, “आस्थाको शान्ति युद्ध’, “वैज्ञानिकतायुक्त
धर्म र धार्मिकतायुक्त विज्ञान’, “निर्मलभक्ति मार्ग’, “वैज्ञानिक सत्ययुगको आधारशीला’, “मिमांसा दर्शन
परिचय’, “ब्राह्मणवाद विरुद्ध घृणावाद’ लगायतका वैचारिक र अन्य साहित्यिक कृतिहरू आयोद धौम्यका प्रकाशित भएका थिए ।
वैज्ञानिक सत्ययुगलाई आधार मानेर त्यसको आधार तय गर्ने र वैज्ञानिकतायुक्त धर्म र धार्मिकता युक्त विज्ञानलाई वैचारिक
दृष्टिकोणको रूपमा प्रखर बनाउने र त्यसको लागि केही सब्गठनात्मक पहल पनि गर्नुभयो ।
“तरङ्ग’ साहित्यिक अभियानबाटै अङ्कुरित भएर विभिन्न विकासक्रम पार गर्दै २०७२ सालमा जरो किलो महाअभियान
संस्थापित हुँदा नेपालको पुनर्जागरणसँगै मौलिक ज्ञान परम्पराले सारा विश्वले लाभ लिन सक्ने चेतनाको बोध गरी जरो र
किलो नेपालमै भएको मौलिक रैथाने शक्ति र जरो र किलो नेपालमा भएको अन्तरराष्ट्रिय शक्तिको स्थापना भएको
शङ्खनादका साथ उद्धोष भयो । यस बेला सम्ममा युग प्रवर्तनको सम्पूर्ण खाकासहित युगद्रष्टा गुरुले नेपाललाई वर्तमान
समस्यबाट मुक्त गर्न विश्वका विकसित देशहरूको लहरमा उभ्याउँदै विश्वको गुरु बनाउने मार्गचित्र तय गर्नुभयो । यस बिच
सहृदयता दर्शन, आधारशीला चतुष्टय, राज्यराष्ट्र सिद्धान्त, स्थितिगत्यात्मक प्रगतिवाद, सहृदयता अर्थतन्त्र, मौलिक शिक्षा पद्धति
लागायतका महाअभियानका लागि आवश्यक विस्तृत खाका युगद्रष्टा डा. निर्मलमणि अधिकारीले तयार परिसक्नुभएको थियो ।
युगद्रष्टा गुरुले प्रतिपादन गर्नुभएको सिद्धान्तलाई आदर्श मानेर गुरुका चेला सुशिल गौतमको अध्यक्षतामा मौलिक जरो

किलो पार्टी वैधानिक रूपमा निर्वाचान आयोगमा दर्ता भइसकेको छ । हालसम्म पार्टीसहित महाअभियान मातहत चौधवटा
विशिष्टीकृत संस्थाहरू संस्थापित र सब्कल्पित भएर महाअभियानको लक्ष्य प्राप्तिको लागि सक्रिय रहेको छ ।
युग प्रवर्तनको विजारोण भएको २५ वर्ष भइसकेको छ । युगद्रष्टा गुरुसँगै तत्कालीन समयमा “तरङ्ग’ सहित्यिक
अभियान, नेपाली भाषा संस्कृति परिषद्, युगनिर्माण अभियान नेपालका सम्पूर्ण सहयोगी अभियन्तामा हार्दिक आभार छ ।
उहाँहरूको साथसहयोग र पहलप्रयासमा नै आज जरो किलो महाअभियानले आजको उचाइ हासिल गर्न सकेको छ । हामीले
गर्नुपर्ने धेरै छन् । अझ धेरै नेपालीमा युग प्रवर्तनको चेतना पुर्याउनु छ ।
अघि बढौँ
यो युग हाम्रो हो ।

 

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.