भारतमा देखियो नयाँ प्रकारको कोरोना भाइरस

छिमेकी राष्ट्र भारतमा डबल म्युटन्ट अर्थात दोहोरो उत्परिवर्तन भएको कोरोना भाईरस फेला परेको छ । नयाँ प्रकारको भाइरस देखिएपछि नेपालमा समेत जोखिम बढेको बताइएको छ । भारतका १८ राज्यमा नयाँ ‘डबल म्यूटन्ट’ कोरोनाभाइरस फेला परेपछि नेपालमा पनि सुस्ताईसकेको कोरोनाभाईरस रोकथामका कार्यक्रमहरु बढ्न थालेका छन् ।

भारतमा पछिल्लो समय बढिरहेको कोरोना संक्रमितको रोगीको संख्या र भाइरसको नयाँ प्रकारले नेपालको स्वास्थ्य मन्त्रालयले नाकाहरूमा कोभिड-१९ परीक्षणसहित क्वारन्टीन र अन्य जनस्वास्थ्यका मापदण्ड पूरा निर्देशन दिएको थियो ।

नयाँ प्रकारको कोरोनाभाइरस परिक्षण गर्ने प्रयोगशाला र उपकरणहरू नेपालमा नरहेको हुँदा यो भाइरसको संक्रमण के कति संख्यामा छ भनेर नेपालमा भन्न सकिने अवस्था छैन । छिमेकी राष्ट्रमा नयाँ भाइरसको कारण खतराको घन्टी बजेपछि मात्रै उपकरण मगाउने तयारी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.