राष्ट्रले माग्छ यस्ता युवा

माधव कंडेल

हामी कस्ता युवा शक्ति ? युवा कस्तो हुनुपर्छ ?
कुनै पनि राष्ट्रको ‘युवा शक्ति’ त्यो देशको सबैभन्दा ठुलो धन हो । जो भविष्यको कर्णधार र संभावनाका प्रतिक हुन्छन् ! मलाई लाग्छ कि देशको गहनाको रूपमा हाम्रो भूमिका धेरै संदेहास्पद छ । वास्तवमा हामी पथभ्रष्ट भएर यत्र-तत्र भट्किएर आफ्नो बाटो बिराएका छौँ, र त्यो बाटो अपनाइरहेका छौं जुन बाटोमा हिंडेर सपनाको स्वच्छ, शान्त, सुन्दर र विशाल नेपालको कल्पना गर्नुपनि बेइमानी हुन्छ ।
आज वीर, साहसी, ईमानदार, सदाचारी, परोपकारी राष्ट्रप्रेमी र धर्म-संस्कृतिका रक्षक नेपाली भनेर विश्वसामु चिनिनुपर्ने बेलामा हाम्रो स्थिती कहाँ छ ? हाम्रा कमी-कमजोरी समस्या र वर्तमान जटिल परिस्थितिलाई गम्भिरतापुर्वक बुझ्नु जरूरी छ ।
आउनुहोस यो विषयमा गहन अध्ययन गरेर हेरौं नेपाली युवाको वर्तमान दशा र दिशा हाम्रो युवा नजरले ।

१. नशाको कुलत :-
नशा हामी युवाहरुको सबैभन्दा गम्भीर समस्या हो । आज जुन किसिमले हामी युवाहरुमा आफुले स्वयंलाई आधुनिक र फिल्मी देखाउने होडमा मादकपदार्थ र लागू औषधको शेवन बढाइरहेका छौँ वास्तवमा एक व्यक्तिको रूपमा हाम्रो संभावनामाथी नै प्रश्न चिह्न लागेको छ ।
दुर्भाग्य त यो हो कि आज हामी युवाहरुमा यो भ्रम छ कि ठुलो मान्छे बन्न नशामुक्त जीवनशैली अपनाउनु आवश्यक छ । र यो प्रयासमा हाम्रो छात्र अवस्थामै आफ्ना माता-पिताको कमाईको ठुलो रकम लागुपदार्थका ठेकेदार कहाँ पुर्याउने काम गरेका छौं। आज हामी धूम्रपान र मद्यपानको बोतलहरुमा आधुनिकता खोज्ने प्रयास गरिरहेका छौं। के यो स्थिति हाम्रो दिशा हीनताको परिचायक हैन ?
हामीले सोच्नुपर्छ कि जो युवा स्वयं नशामा लिप्त मानसिक र वैचारिक रुपले अपांगताको शिकार भएको छ उसले कहिल्यै पनि राष्ट्र र समाजलाई सहि दिशानिर्देश गर्न सक्दैन । अपितु उ स्वयंलाई कसैले दिशानिर्देश गरिदिनुपर्ने आवश्यकता छ ।
यस्ता पथभ्रष्ट युवा शक्ति कुनैपनी राष्ट्रको धन हैन अपितु जम्मा भएको फोहोरको थुप्रो हो ।

२. प्रमाणपत्रमा सीमित शिक्षा :-
आज शिक्षाको उद्देश्य ज्ञानोपार्जन नभएर केवल धनोपार्जन भएको छ । आज जो कोहि पनि केवल यसकारण अध्ययनमा लागिरहेको छ कि उसलाई एक प्रमाणपत्र मिलोस् । जसको आधारमा सरकारी, अर्ध-सरकारी या गैरसरकारी जागिरमा प्रवेशको लागि योग्यता हासिल गर्न सकोस् । यो सोचको असर “अध्ययन शैली”मा परिरहेको छ । हामी केवल त्यही पढ्न चाहन्छौं जो परिक्षामा संभावित होस् । त्योभन्दा बढी पढ्नु हामीलाई बेकार लाग्छ। र यसै प्रयासमा हामी ती नीजि शिक्षण-संस्थाहरुको चक्कर लगाइरहेका छौं जो पाठ्यक्रमलाई किनारा लगायेर केवल परिक्षाफलका लागि अध्ययन गराइरहेका हुन्छन् ।
प्रश्न स्वाभाविक छ कि- यस्ता ठुला डिग्री हाँसिल गरेका “अशिक्षित ज्ञानीले” देश र समाजलाई कुन दिशा देलान्? यस्ता व्यक्तिले हाम्रो देशको शासन व्यवस्थामा कुन गति देलान् ? जो स्वयं शिक्षाको दुर्गतिका परिणाम हुन् ।
निश्चय नै यो परिस्थितिको लागि धेरै तत्वहरु जिम्मेवार छन् तर समस्याबाट हामी आँफैले पार पाउनु छ । शिक्षाको परिचय व्यक्तिको व्यवहार, कार्यशैली र विचारधाराले हुन्छ, प्रमाणपत्रले हैन ।

३. रोजगारको घम्सा-घम्सी :-
आज नेपालको दुर्भाग्यपूर्ण पाटो यो पनि हो कि हामी युवाहरूको बीच जागिरको लागि मानौं अन्ध दौड नै लागिरहेको छ। कसैमा पनि मालिक बन्ने चाहना नै देखिदैन् सबै गुलामीमा नै जीवनको संभावनाहरु खोजिरहेका छन् । आज बेरोजगारी हाम्रो देशको सबैभन्दा ठुलो समस्या हो। तर यो समस्याको दुर्भाग्यपूर्ण पाटो हो – शिक्षित-बेरोजगार ।
नराम्रो लाग्छ कि लाखौं रुपैयाँ खर्च गरेर पढेका इन्जिनियरिङ्ग र म्यानेजमेंट जस्तो ठुला डिग्रीहरुका मालिक पनि विवशताको दुखेसो पोख्दै बेरोजगारहरुको लाईनमा लामबद्ध भएका पाइन्छन् । के देश युवाहरुबाट यहि आशा राख्छ ? सायद राख्दैन। देश आशा गर्छ कि यस्ता शिक्षित युवा कोहि यस्तो कार्य गरुन् जसद्वारा देशका बाँकी बेरोजगारहरुका लागि संभावना बन्न सकुन् ।
हामीले सोच्न आवश्क छ कि के हामी स्वरोजगारलाई पहिलो विकल्पको रुपमा अपनाउन सक्दैनौं ? हामीले अखण्ड र स्वतन्त्र देश नेपालको अर्थ बुझ्नुपर्छ । एक मनुष्यको रुपमा आत्मनिर्भरताको महत्त्व बुझ्नुपर्छ। तब नै हामी नेपाललाई एक राष्ट्रको रुपमा आत्म निर्भरताको प्रति चिन्तनशील हुन सक्छौं ।

४. भाग्यवादी सोच :-
यो सर्वाधिक दु:खद समस्या हो । हाम्रा लाखौं साथीहरू भाग्य, ग्रह-नक्षत्र र यस्ता कैयौं भ्रामक विचारहरुको अधीन छन् । धर्मको आडमा उत्पन्न भएको भाग्यवादी सोच सधैं नै एक व्यक्ति, समाज वा राष्ट्रको रुपमा हाम्रो विकासमा सबैभन्दा ठुलो वाधक हो । वास्तवमा भाग्यले केवल व्यक्तिलाई कर्महीन र जिम्मेवारी विमुख बनाउने काम गरेको छ। यदि कोहि साथीहरू परिक्षामा असफल भयो भने भन्ने गर्छन् कि- उनको भाग्यमा नै लेखेको थिएन पास हुन । यसमा कुनै शंका छैन कि उनीहरु आफ्नो नाकामी लुकाउनको लागि भाग्यलाई दोष दिइरहेका छन् । यस्तो गैर-जिम्मेवारीपूर्ण सोच कुनै पनि योग्य व्यक्तिलाई अयोग्य बनाउनका लागि पर्याप्त छ । यो भन्दा दुर्भाग्यपूर्ण स्थिति यो छ कि कोहि यस्ता युवाहरू पनि छन् जो आफैं मेहेनत भन्दा धेरै भाग्य परिवर्तनलाई लिएर आशावान हुन्छन् । यस्ता पढेलेखेकाहरू अनपढ र ढोंगि बाबाहरुको भक्ति गर्नपनि पछि पर्दैनन् । हातमा औंठी, गलामा जन्तर आदि नै यिनिहरुका भविष्यको सहारा हुन् । के यस्ता व्यक्ति जो आफ्नै सहारा बन्न सकिरहेका छैनन् देशको सहारा बन्लान् ? जसलाई आफ्नै योग्यतामाथी भरोसा छैन के देशले यिनीहरू माथि भरोसा गर्ला ?

५. फिल्मी दुष्प्रभाव :-
आज (TV) टेलीभिजनको सबैभन्दा नराम्रो असर हाम्रा बाल-बच्चाहरुमा परेको छ । जसरी हाम्रा फिल्महरुमा अश्लिलता, असभ्यता, नशाखोरी र आपराधिक दृश्यहरुको प्रदर्शन भैरहेको छ। स्त्री शरीरलाई कुनै मसलाको समान प्रयोगमा ल्याइएको छ र यस्ता फिल्महरु टेलीभिजनको माध्यमबाट हाम्रो घर-घरमा पुगिरहेका छन् र यो देशका युवापीढी लाई पथभ्रष्ट गर्ने सबैभन्दा ठुलो कारण हो । फिल्मी अश्लीलतालाई हेर्दै हुर्केका बच्चा समयपुर्व नै युवा भैरहेका छन् । यस्ता बच्चा जब युवा अवस्थामा पुग्दछन् त हामी कसरी आशा गर्न सक्छौं कि उनीहरूले महिला र स्त्रीहरुको इज्जत गरुन् ?
हामी सबै युवा यति हदसम्म भ्रममा छौँ कि हामी फिल्मी हिरो हिरोनिहरूलाई नै असली हिरो-हिरोनी मानिरहेका छौँ । हर-कोहि कोहि न कोहि फिल्मका हिरो-हिरोनिको नक्कल गर्न व्यस्त छन् । के हामी सिद्धार्थ गौतम, पृथ्वीनारायण शाह, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, अरनिको, पुष्पा वस्नेत, चैतन्य कृष्ण आदि जस्ता असली जिन्दगीका हिरो-हिरोनि हरुको अनुशरण गर्न सक्दैनौं ? वास्तवमा यो विषयमाथी हामीले अत्यन्त गहनरुपमा सोच्नुपर्ने आवस्यकता छ । यदि वास्तवमै देशलाई एक नयाँ दिशा दिने हो भने आफ्नो स्वयंको दिशालाई भ्रामक र काल्पनिक दुनियामा बिलाउनदेखि रोक्नुपर्छ ।

६. आन्दोलन गर्ने र नारा लगाउने भीड :-
युवा नेपालको राजनीतिक दृष्टिकोणले हेर्ने हो भने लाग्छ हामी युवा केवल आन्दोलन गर्ने र नारा लगाउने भीड मात्र बनेर रहेका छौं । जब कोइ नेता आउँछ उसको पार्टीको झन्डा हर युवाको हातमा हुन्छ। उसको एक इशारामा आन्दोलन गरेर नेपाल बन्द जस्तो संवेदनशील परिस्थितिमा रहेको नेपाललाई आघात पुर्याउने महा-कुकृत्य गरिरहेका हुन्छन् र त्यो सबै केबल खोक्रो आश्वासन र एक छाक नास्ता-पानीको भरमा र वास्तवमा उनिहरुलाइ हाल-खबर सोध्नेवाला पनि कोहि हुँदैन ।
आज जसरी देशको राजनीति लगातार पतनोन्मुख भैरहेको छ यस्तो परिस्थितिमा देशलाई यस्ता युवाहरुको खाँचो छ जो त्यस्ता दुष्ट र भ्रष्ट नेताहरुलाई जरैदेखि उखेलेर फ्याँक्न सकुन् । न कि देशका त्यस्ता दुष्ट लुटेराहरुको लागि नाराबाजी गरोस् ।
आज लगभग हर राजनीतिक दलहरू सँग छात्र संगठन छ र यी संगठन भएर पनि के देशको शिक्षा व्यवस्थामा कुनै ठुलो सुधार आएको छ ? के छात्रहरुको समस्या सुनियो ? यदि छैन भने छात्र संगठनको के औचित्य ?
हामी युवाहरूले बुझ्न आवश्यक छ कि देशका यी भ्रष्ट राजनेताहरुलाई छात्रको हितको हैन अपितु आफ्नो राजनीतिक परिपाटीको चिन्ता छ । आफ्नो दलको राजनीतिक भविष्यको चिन्ता छ र यो प्रयासमा भविष्यका मतदाताहरुलाई अहिल्यैदेखि आफ्नो कब्जामा गर्ने होडबाजिको नाम हो छात्र-राजनीति ।
हामीलाई निश्चय गर्नु छ कि- हामी कसैको वैचारिक गुलाम बन्ने छैनौं । हामी जहाँ रहेपनि आफ्नो सोचको साथ लड्नेछौं भीड्ने छौं र राष्ट्र वा समाजलाई परिवर्तनको बाटोमा लगाउने छौं । हामी केवल नेपाल-आमाको लागि नारा लगाउने छौं न कि आफ्नो युवा-शक्ति कसैको व्यक्तिगत स्वार्थपूर्तिको लागि।

७. असभ्यता- अशिष्टता :-
आज हाम्रा साथीहरू पश्चिमी सभ्यतादेखि अत्यन्त प्रभावित भएका छन् । हामीले यो कुरा राम्रोसँग बुझ्न जरुरी छ कि- नेपाली सभ्यता र संस्कृतिमा निश्चयनै केही कमजोरी र रुढीवादी हावी भएको छ तर त्यो कमी-कमजोरिलाई हटाउन सके यो एकमात्र सनातन-संस्कृति हो जो मानवीय मूल्यको साथ-साथै विकासको अवधारणाको संदेश दिन्छ । हामीलाई आफ्नो देश, समाज र संस्कृतिमाथी गर्व हुनुपर्छ ।
हामी आजैदेखि यो निश्चय गरौं कि.. हामी आफ्ना भावी पिंढीलाई एक विकसित, शिक्षित, स्वस्थ, स्वच्छ, अखण्ड र आत्मनिर्भर नेपाल दिनेछौँ ।
हरि ॐ उत्तिष्ठ नेपाल:

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.