नि:शुल्क आईटी कंक्लेभ हुँदै (फारम लिंक सहित)

काठमाडौं । टेक कम्युनिटी नेपालले भर्चुअल रुपमा आईटी करियर कन्क्लेभ आयोजना गर्ने भएको छ । आईटी सम्बन्धि विभिन्न कार्यक्रम गर्दै आइरहेको कम्पनीले अंग्रेजी नयाँ बर्षको अवसरमा युवा पुस्तालाई लक्षित गर्दै आईटी करियर कन्क्लेभ आयोजना गर्ने भएको हो ।

स्वदेश तथा विदेशमा पहिचान बनाउन सफल आईटी क्षेत्रका विशिष्ट व्यक्तित्वको सहभागिता रहने कुरा आगमन टेक कम्यूनिटी नेपालका संस्थापक प्रविन बरालले जानकारी दिनुभयो । कार्यक्रम जनवरी ८, ९ र १० गरी तीन दिनसम्म चल्नेछ ।

टेक कम्युनिटी नेपालले सुरुवातदेखि नै युवाहरु लक्षित विभिन्न कार्यक्रम गर्दै आइरहेको थियो तर यस पटक अझै वृहद रुपमा दक्ष युवामा रहेको नवाचारी सोंचलाई उद्यमशीलतासंग जोड्ने साझा छाताको रुपमा यो कार्यक्रमको आयोजना गर्न लागिएको कुरा TCN का Business Development Manager शशिकान्त सिटौलाले बताउनुभयो ।

कन्क्लेभमा निःशुल्क रुपमा सहभागी हुन सकिनेछ । कार्यक्रमले नेपाली जिज्ञासु युवाहरुलाई दक्ष उद्यमीको दिमागसँग जोड्ने आयोजकको अपेक्षा छ । कन्क्लेभमा सहभागी हुन यहाँ क्लिक गरी रजिस्ट्रेसन गर्न सकिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.