उत्प्रेरणा Vs आत्म-प्रेरणा


आजकल मोटिभेट गर्ने, जागरुकता जगाउने तथा प्रेरणा दिने कार्यहरु व्यापक रुपमा हुने गरेका छन्। यसलाई
व्यवासायकै रुप दिएर यति धेरै संख्यामा यसमा मानिसहरु आबद्द छन् कि अभिलेख राखेरै साध्य छैन ।
बिज्ञान प्रबिधि तथा सूचना-प्रविधिको विकास संग-संगै यसको महत्व झन् बढेको प्रस्ट देख्न सकिन्छ।
हर कोहि आज भोलि उत्प्रेरक वक्ता (Motivational speaker) बन्न चाहन्छन्। गत मार्च २०२० को एउटा सर्भे
अनुसार अमेरिकामा मात्र हरेक ८२० जना मध्ये एउटा मोटीभेस्नल स्पिकर रहेको तथ्यांक सार्वजनिक भएको छ
। अमेरिकाको कुल बार्षिक आम्दानीको ४.२ प्रतिशत आम्दानिमा यहि पेशाको योगदान रहेको तथ्यांक पनि
सार्वजनिक भएको छ र यो तथ्यांक आउने दिनमा झन् बढेर जाने अनुमान गरिएको छ ।
उत्प्रेरक वक्ताहरुले मानिसका उत्प्रेरणाका विभिन्न मानसिक अवस्थालाई मुख्यतः निम्नानुसार बिभाजन गरि
व्याख्या र विश्लेषण पनि गर्ने गर्दछन्।
a) सकारात्मक मानसिकता (Positive mindset)
b) विजयी मानसिकता (Winning mindset)
c) ध्यानकेन्द्रीत मानसिकता (Focused mindset)
d) मेहनती मानसिकता (Hardworking mindset)
e) सुखी मानसिकता (Prosperous mindset)
f) सन्तुष्ट मानसिकता (satisfied mindset), आदि।
एस्ता शब्दहरु प्राय: मानिसहरुलाई उत्प्रेरित गर्नको लागि प्रयोग गरिने शब्दहरु हुन ।
उत्प्रेरणाका लागि एति धेरै मानिस लागि परेर स्रोत, साधन र समय खर्च गरिए पनि सोचेअनुसार उपलब्धी नहुनु
अचम्मको बिषय छ। प्रश्न के हो त भन्दा ? मोटिभेट गरिएका मानिसहरु किन सफल, सम्पन्न र सुखी हुन
सकीहरेक छैनन त? किन तिनीहरुको जीवनमा सोचे जस्तो परिवर्तन भैरहेको छैन ? यो आम तथा गम्भीर प्रश्न
हो । अत: जवाफ के हो भने mere motivation is not enough (केवल उत्प्रेरणा मात्र पर्याप्त छैन, मुख्य
आबश्यकता भनेको आत्म-उत्पेरणा/आत्म-जागृती नै हो।( All we need is to be self-motivated.) अब यो
मोटिभेसन र सेल्फ मोटिभेसनलाइ बुझाउनको लागि मैले अरु २ वोटा शब्द सापटी लिदै छु, ध्यान दियर
अध्ययन गर्नु होला ।
संसारमा हरेक पल, हरेक सेकेन्ड दुई वटा कार्य भैरहेको हुन्छ। त्यहि दुइ वटा कार्यले आम मानिसको भाग्य
निर्धारण गरेको हुन्छ । Regardless of any Country, Religion, Cast, Gender , धनि गरिब कर्मचारी,
ब्यबसायी, शिक्षक, बिद्यार्थी आदि जो सुकै, जुनसुकै ठाउँ, उमेर समूह, पेशामा रहेको मानिसहरु भएता पनि

उनीहरुले केवल दुइ वटा कर्म गरिरहेका हुन्छन र वास्तबमा उन्नति र अबनती त्यहि दुइवटा कर्मले निर्धारण
गरेको हुन्छ ।
तपाई सोच्दै हुनुहुन्छ होला कि त्यस्तो कर्म के के हुन् सक्छन भनेर, एकैछिनमा म तपाईहरुलाई बताउने नै छु
तर त्यो भन्दा अगाडी एकछिन विचार गरौँ ।
तपाई हामी किन सोचे जस्तो उन्नति, प्रगति गर्न सकिरहेका छैनौं ?
तपाई हामी किन सम्पन्न हुन सकीरहेका छैनौं ?
तपाई हाम्रो सफलता किन सधै कोशौं दुरीमा रहीरहन्छ ?
किन हामी गन्तव्यमा पुग्न सकिरहेका छैनौं ?
पढाइमा किन सफल हुन सकिएन ?
सम्बन्धहरु किन सुमधुर बन्न सकेका छैनन ?
स्वास्थ्य किन सधै गडबड रहीरहन्छ ?
तौल घटाउने भनेर दिनहुँ मरी-मरी शारीरिक अभ्यास गरिन्छ र पनि फिट हुन सकिएन किन ?
रात दिन मेहनत गरेर व्यापार गर्दा पनि नाफा हुदैन किन?
'दुनियाँथरिका प्रशिक्षण लिन्छु, लेख रचना पढ्छु, मोटीभेस्नल अडियो-भिडिओ पनि हेर्छु/ सुन्छु तर पनि कुनै
प्रगति हुदैन किन' आदि-आदि भनेर यदि दिक्क हुनु भएको छ भने अब तपाइलाई साह्रै सजिलो सुत्र म सिकाउन
गैरहेको छु ध्यान दिएर पढ्नु होला ।
Motivation ले तपाइको जीवनमा उन्नति, प्रगति र सफलता मिलेको यदि छैन भने तपाईको एउटै समस्या छ
त्यो हो तपाई हरेक दिन, हरेक क्षण मर्मत-सम्भार (Repair) कर्ममा ब्यस्त हुनुहुन्छ। याद राख्नुस तपाई केवल
मर्मत-सम्भारको काममा ब्यस्त हुनु हुन्छ र REPAIR कर्मले तपाई सफल हुन, सम्पन्न हुन र गन्तव्यमा पुग्न
असम्भब जस्तै छ ।
उदाहरणको लागि तपाई कहिँ लामो दुरीको यात्रामा हुनु हुन्छ, तपाईंले प्रयोग गरिरहनु भएको सवारी साधन
बारम्बार Repair गर्नु पर्ने खालको छ भने तपाई गन्तव्यमा पुग्ने सम्भावना कति हुन्छ त ? कहिले पुग्नु हुन्छ
गन्तब्य मा ? हो, तपाई हरेक दिन बडो सकारात्मक इनर्जीका साथ कर्ममा जुट्नु हुन्छ, बडो मेहनतका साथ कर्म
पनि गर्नुहुन्छ तर समस्या के छ भने तपाइले आज जे गर्दै हुनुहुन्छ त्यो केवल हिजोको, अस्तिको एक महिना
पहिलेको, एक साल पहिलेको वा अझै पुरानो गल्तिको भुलसुधार गर्दैहुनुहुन्छ, त्यो ड्यामेजलाइ Repair गर्दै हुनु
हुन्छ । याद गर्नुस, YOU ARE ON A REPAIR JOB TODAY. याद गर्नुस, Repair भनेको Motivation मात्र हो,
self -motivation होइन, जसले तपाइलाई केहि उर्जा त दिन्छ तर दिगो उर्जा दिदैन जुन तपाइँलाइ यो लगातार
आबश्यक पर्दछ।

तपाइले सायद अब कुरा बुझी सक्नु भो, धन किन जम्मा हुदैन, किन भने हिजोका दिनमा नगर्नु पर्ने अनाबश्यक
खर्च गरेको छ र त्यहि क्षतिलाइ पुर्ती गर्ने कार्यमा आजको समय र मेहनत खेर गैरहेको छ, स्वास्थ्य किन राम्रो
हुदैन भन्दा हिजो अस्वस्थ हुने कर्म गरिएको छ, लापरबाही खान,-पान र जीवलशैली हिजो थियो त्यसैले आज
त्यहि सहि बनाउने प्रयासमा ब्यस्त हुनु हुन्छ, पढाई किन राम्रो भएको छैन त भन्दा हिजो क्लास बंक गर्नुभयो,
अनाबश्यक मनोरन्जनमा समय खर्चनुभो, या त घुम्न निस्कनु भयो वा अल्छि गरेर सुत्नु भो; आज जति
मेहनत गरेर पढ्दा पनि पास हुन धौ धौ छ, मरी मरी Exercise गर्दा पनि तौल किन घट्दैन त भन्दा हिजो आखा
बन्द गरेर जिभ्रोको स्वाद मात्र हेरेर खानु भएको थियो त्यसैको पुर्ताल गर्दा आजको समय बितेको छ । हिजो
नबोल्ने कुरा बोल्नुभो, नगर्नु पर्ने ब्यबहार गर्नुभो आज सम्बन्ध सुधारमा ब्यस्त हुनु हुन्छ अनि कसरि हुन्छ
राम्रो सम्बन्ध ? तपाई हामीले हिजोको बिग्रिएको वा बिगारेको कर्मको केवल मर्मत-सम्भार ( Repair) मात्र
गर्दैछौं आज, त्यसैले हामीले आज जतिनै राम्रो, सकारात्मक र सृजनशील कर्म गर्दै गर्दाखेरि पनि सोचेको र
चाहेको सफलता हामीलाई मिलेको छैन । दुइवटा मध्ये एउटा कर्म यहाँले थाहा पाईसक्नु भो, त्यो हो REPAIR
कर्म । संसारका लगभग ९० % मानिस केवल REPAIR कर्ममा ब्यस्त हुन्छन र सधै संघर्षमय र तनावपुर्ण जीवन
बाच्न बाध्य छन् ।
मैले सुरुमै दुइवटा कर्मको कुरा गरेको थिए त्यसैले यहाले सोच्दै हुनु हुन्छ कि अर्को कर्म के हो भनेर। अबश्य पनि
रिपियेर कर्म नकारात्मक कर्म त होइन तर यो उपकारको कर्म पनि होइन । याद गर्नुस, रिपेयर कर्म नकारात्मक
कर्म त होइन तर यो उपकारको कर्म पनि होइन । यो त  नहुनु मामा भन्दा कानो मामा जाति भन्ने उखान
जस्तो मात्र हो । तसर्थ गर्नु पर्ने चाही के हो भने तयारी कर्म (PREPARE कर्म) ,याद गर्नुस Prepare कर्म भनेको
निर्माण कर्म अथवा तयारी कर्म पनि हो, यदि हामीले हरेक दिन निर्माण कर्म गर्न सक्यौं भने जीवनमा सफलता,
सुख, सम्पन्नता र लक्ष प्राप्ति कुनै कठिन कुरा हुने छैन। उदाहरणको लागि ५ ग्राम तौल भएका कमिलाहरु
मिलेर माटोको पहाड निर्माण गर्दछन, दैनिक उनीहरु के गर्छन होला ? REPAIR OR PREPARE ? अबश्य उनीहरुले
PREPARE कर्म गर्दछन। लगभग ७० ग्राम तौल भएको गौथली चरीको जोडीले आफै आफ्नो सुन्दर गुँड निर्माण
गर्दछन, माहुरीको उदाहरण यहाँहरुले आफै मनन गर्न सक्नु हुन्छ। जीवनमा सफल हुने, सम्पन्न हुने र लक्षमा
पुग्ने जति पनि मानिसहरु छन् उनीहरुको दैनिकी PREPARE कर्म गरेर बितेको हुन्छ । PREPARE कर्म भनेको
SELF -MOTIVATION हो, जसले तपाइँलाइ अनवरत उर्जा दिन्छ यानेकि दिगो उर्जा दिन्छ । एउटा सफल
ब्यबसायीलाइ हेर्नुस्, एउटा सफल कलाकारलाई हेर्नुस्, एउटा सफल खेलाडीलाइ हेर्नुस् र एउटा सफल
राजनेतालाइ हेर्नुस् ।
एउटा औषत ब्यबसायीले हरेक दिन REPAIR कर्म गरेको हुन्छ, उसले अघिल्लो समयको गलत व्यापार तथा
सम्झौताको मर्मत सम्भार गरेको हुन्छ तर सफल ब्यबसायीले हरेक दिन PREPARE कर्म गरेको हुन्छ, उसको
दैनिकी निर्माण तथा तयारीमा बितेको हुन्छ र उसको अगाडी सफल भनिने विशेषण प्रयोग भएको हुन्छ ।
एउटा सामान्य कलाकारले आफ्नो महत्वपूर्ण समय केवल REPAIR गर्नमा बिताएको हुन सक्छ, अघिल्ला
दिनहरुका कमजोरीहरु सुधार गर्नमा ब्यस्त रहेको हुन सक्छ तर सफल कलाकार हरेक दिन नयाँ-नयाँ
सिर्जनालाइ जन्म दिन ब्यस्त हुन्छ, उसको दैनिकी तयारीमा बितेको हुन्छ र त उ 'सफल' उपाधिबाट चिनिएको
हुन्छ । एउटा सामान्य खेलाडीले खेल त देखाउछ तर नयाँ केहि देखाउन सक्दैन, उ आफ्नो क्षमता र कौशलताको
अभिवृद्धिमा नलागी विभिन्न उल्झनमा उल्झिरहेको हुन्छ तर एउटा सफल खेलाडी आफ्नो हरेक दिनको कठोर

परिश्रम, कौशलता र क्षमताको अनवरत अभ्यास द्वारा किर्तिमान कायम गर्न सक्षम हुन्छ र उसलाई विश्वले
एउटा सफल खेलाडीको रुपमा सम्मान गर्दछ ।
भनिन्छ केवल १५ मिनटको खेल प्रदर्शन गर्नको लागि एउटा खेलाडीले १५ बर्ष मेहनत गरेको हुन्छ, २० मिनेटको
कला प्रस्तुत गर्नको लागि एउटा कलाकारले २० बर्ष तयारी गरेको हुन्छ, एउटा सफल उद्यमी बन्नको लागि
व्यक्तिले आफ्नो सम्पूर्ण जीवन समर्पण गरेको हुन्छ । अब तपाई आफै विचार गर्नुस HOW CAN A REPAIR
MINDSET LEAD YOU TOWARDS SUCCESS? सफलता, सम्पन्नता र लक्ष प्राप्ति REPAIR MINDSET बाट
कदापी सम्भब हुदैन, त्यसको लागि ALL YOU NEED TO FOCUS AND PRACTISE THE PREPARE MINDSET.
यति भनि सक्दा यहाँ हरुले पत्तो पाई सक्नु भयो कि Motivation = Repair and Self-Motivation = Prepare.
अब तपाइले आफैले आफैलाइ प्रश्न गर्नुस WHAT AM I DOING EVERYDAY ? WHAT AM I DOING TODAY? के
म पुर्वतयारी गर्दै छु ? के म निर्माण गर्नमा लागेको छु ? के मेरो आजको दैनिकीले मलाई तयारी गर्दै छ ? कि म
कर्म गर्ने REPAIR को अनि नतिजा खोज्ने PREPARE को जस्तो अनौठो अपेक्षासंग हारेर भाग्यलाइ दोष दिने,
आफन्तलाइ दोष दिने, राज्यलाई दोष दिने अनि अन्नदातासंग गुनासो गर्ने जस्तो बेवकुफी त गरिरहेको छैन
मैले ? आदि आदि प्रश्न तपाइले आफैले आफैलाई गर्नुस्। वास्तबमा आजको तपाई हाम्रो वास्तविकता यस्तै छ।
आउनुहोस, आजैबाट PREPARE कर्म गर्न सुरु गरौँ ITS NEVER TOO LATE TO START SOMOTHING.
आदरणीय पाठकबृन्द अरु तपाई जे गर्नुस तर कमसेकम हरेक दिन तयारी गर्नुस, FOCUS ON SELF-
MOTIVATION तपाई हामी छोटो समयको लागि कहिँ यात्रा मात्रै पनि गर्दै छौँ भने कस्तो तयारी गर्छौं होइन र ?
लत्ता कपडा, लगेज, शपिंग, खाने, पिउने सबै व्यवस्था गरेर मात्र हामी यात्रामा निस्कन्छौं। यहाँ त जीवनको
लामो यात्राको कुरा हुदै छ, आफ्नो करियर, पेशा तथा उद्यमशीलताको कुरा हुदै छ, आदर्श व्यक्ति बनेर परिवार,
समाज र देशको भलो गर्ने उन्नत कर्मको बाटो रोजिएको छ यहाँ अनि यस्ता महान व्यक्तिहरु पनि REPAIR
कर्ममा अल्झिएर हुन्छ र ? तपाई हाम्रो दैनिकी फेरियोस, विचार बदलियोस, कर्म तयारीमा लागोस; शुभकामान
भन्दै यहाँहरुबाट आजको लागि छुटिने अनुमति चाहन्छु।
नमस्कार जय देश !
अर्जुन शर्मा
उद्यमी तथा संस्थापक द बेस्ट टिचर एकाडेमी


प्रकाशित : २०७७ पुष १०, शुक्रबार

धेरै पढिएको

ताजा समाचार